सुप्रीम कोर्टले शशिकलालाई दोषी ठहर गर्दै चार वर्षको जेल सुनायो

अब शशिकला मुख्यमन्त्री बन्न नपाउने

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फाल्गुन । आयभन्दा बढी सम्पत्ति भएको भन्दै सुप्रीम कोर्टले शशिकलालाई दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ । यो फैसलापछि अब शशिकला मुख्यमन्त्री बन्न पाउँने छैनन् ।

अदालतले शशिकलामाथि १० करोड रुपैयाको जुर्माना समेत लगाएको छ । अब शशिकलाले जेल जानका लागि तुरुन्तै आत्म समर्पण गर्नुपर्ने र उनले १० वर्षसम्म चुनावपनि लड्न नपाउने भएकी छन् ।

उनीसंगै उनका दुई नातेदार इलावरसी र सुधाकरणलाई पनि अदालतले दोषी ठहर गर्दै चार वर्षको सजाय सुनाएको छ ।

सुप्रीम कोर्टले उनको विरुद्ध २१ वर्ष पुरानो ६६ करोड आयभन्दा बढी सम्पत्ति मामिलामा कर्नाटक हाईकोर्टले शशिकला र जयललितालाई २०१५ मा बरी गरेको थियो ।

कर्नाटक सरकारले  सुप्रीम कोर्टमा यो फैसलालाई चुनौती दिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट