छोरीलाई जबर्जस्ती करणी गर्ने बुबा पक्राउ

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

लहान, २ फागुन । सोमबार प्रहरीले सिरहाको गोलबजारबाट आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

४५ वर्षीय उक्त आरोपीलाई इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

इप्रका, गोलबजारका प्रहरीका अनुसार आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई पक्राउ गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट