स्ववियु निर्वाचन कार्यालयमा विप्लव माओवादी विद्यार्थीद्वारा ताला

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

धुलिखेल, २ फागुन । काभ्रे जिल्लामा नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । उक्त सङ्गठनले आइतबारदेखि जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।

बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगङ्गा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमङ्गला बहुमुखी क्याम्पस, पाँचखाल र डेडीथुम्का पब्लिक क्याम्पस डेडीथुम्कामा ती विद्यार्थी सङ्गठनले ताला लगाएका हुन् ।

अहिले घोषणा गरेको स्ववियु निर्वाचनको मिति उपयुक्त नभएको भन्दै उक्त सङ्गठनले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाइदिएको चैतन्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट