बायोमेट्रिक प्राणाली खारेज गर्न माग

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौं, ३ फागुन । गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परिक्षण प्रक्रिया खारेज गर्न वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले ७ दिने अल्टिमेटम दिएको छ ।

मंगलबार संघर्ष समितिले पत्रकार सम्मेलन गरेर एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परिक्षण खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सिण्डिकेट लगाएको र २९०० मा हुने स्वास्थ्य परिक्षणको १४ हजार लिने गरेको संघर्ष समितिका संयोजक सीताराम रेग्मीले आरोप लगाए । बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्ध राख्दैन तर, यसलाई श्रममन्त्रालय र श्रम सचिवले कानुन विपरित लागु गरेका उनको आरोप छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट