जीप दुर्घटना हुँदा ५ को घटनास्थलमै मृत्यु

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

डडेलधुरा, ४ फागुन । बुधबार से १ ज ८३३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो ।

गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । गाडी धनी भीम सिंह ठगुन्नासहित तीन घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्यागइएको छ ।

दुर्घटनाको कारण खुलिनसकेको छैन । अन्यको प्रहरीले उद्धार गरिहेको छ । दुर्घटनाका मृतकको पहिचान खुल्न सकेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट