वन संरक्षणसँगै चोरी सिकारीमा कमी

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

पाल्पा, ४ फागुन । समुदायले आफै वन संरक्षण गर्न थालेपछि यस क्षेत्रबाट हुने वनजन्तु तथा वन पैदावारको चोरी निकासीमा कमी आएको छ ।

वन क्षेत्रको संरक्षण एवम् प्रवद्र्धनको नेतृत्व समुदायले लिन थालेपछि सामुदायिक वन समन्वय समिति, दोभानले चोरी निकासीमा कमी आएको हो ।

सामुदायिक वन समन्वय समिति, दोभानका अध्यक्ष राजेश श्रेष्ठका अनुसार गाउँ बस्तीमा नदेखिएका पंक्षीसमेत अहिले वन क्षेत्रमा देखिन थालेपछि स्थानीय बुढापाका दङ्ग छन् । समुदायले नै वन क्षेत्रको संरक्षणमा लागेका कारण अहिले गाउँबाट वन्यजन्तु तथा सालका काठको चोरी तस्करी हुन नपाएको हो ।

वनक्षेत्र संरक्षण हुन थालेपछि अहिले वनमा चितुवा, मृत, बँदेल, हरिण, थार, वन कुखुरा, बाँदरलगायतका वन्यजन्तु प्रसस्त देखिन थालेको स्थानीयले बताएका छन् ।

वनक्षेत्र संरक्षण भएसँगै यहाँ जङ्गली जनावरको आश्रयस्थल वनको हो । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डअन्तर्गत दोभान प्रहरी चौकी नजिकै अहिले वन कुखुरा साँझ बिहान प्रसस्त देखिन थालेको स्थानीय बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट