अझै पालमुनि बस्छन् भूकम्प पीडित

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौँ, ४ फागुन । काठमाडौँको चुच्चेपाटीस्थित ताराचौरमा भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि अहिले सम्म छ सय परिवार उचित बास पाउन सकेका छैनन् ।

यी परिवारले नुवाकोट र सिन्धुपाल्चोकमा कुनै राहत नपाएको गुनासो गरेका छन् । भूकम्पपीडित सुस्मिता थापाले सानो पालमुनि ८/९ जना बस्नुपर्दा निकै गाह्रो भएको बताइन ।

उनले भनिन्, ‘हामीले कुनै राहत पाउन सकेनौँ, पिउने पानी, शौचालयको निकै समस्या छ, बालबच्चा र वृद्धवृद्धालाई रुघाखोकी र ज्वरो आउने समस्या भएको छ ।’

राहत नपाएर गाउँ फर्कन नसकेका कारण जीवन गुजार्न पनि मजदुरी गर्नुपरेको भूकम्पपीडितले बताए । चौरको पालमा बस्दा महिला पनि असुरक्षित बन्दै गएकाले सरकारलाई राहत सहयोगका लागि थापाले आग्रह गरिन ।

चौरमा सञ्चालन भएका साना होटलमा आई रक्सी सेवन गर्न आएका पुरुषले पालमा बस्ने महिला र युवतीलाई अपशब्द बोल्ने र दुव्र्यवहार गर्ने गरेको उनीहरुको गुनासो छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट