सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, ४ फागुन । मंगलबार नेपाल पत्रकार महासंघअन्तर्गत पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ ।

महासंघको कार्यतालिका अनुसार सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका छन् । त्यस्तै दुई जिल्लामा नेपाली कांग्रेसनिक प्रेस युनियन र एक जिल्लामा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका उम्मेदवार नेतृत्वमा आएका छन् ।

प्रेस चौतारीले गुल्मी, बाग्लुङ, म्यादी र लमजुङमा नेतृत्व हात पारेको छ । ती जिल्लाहरुको अध्यक्षमा क्रमशः नवराज भुसाल, दीलश्रीस मगर, तारानाथ शर्मा र आश गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै गोरखामा प्रेस युनियनका उम्मेदवार किशोरजंग थापा र पर्वतमा छविलाल तिवारी अध्यक्ष चुनिएका छन् । रुपन्देहीमा प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त प्यानलबाट सेन्टरका ज्ञानेन्द्र जिसी नेतृत्वमा आएका छन् ।

केन्द्रीय पार्षद्हरुमा पनि प्रेस चौतारीकै सदस्यहरुको धेरै आएको बताइएको छ । प्रेस चौतारीका एक पदाधिकारीका अनुसार अधिवेशन सम्पन्न भएका जिल्लाहरुबाट चौतारीका ४१ जना केन्द्रीय पार्षद् चुनिएका छन् । त्यस्तै युनियनतर्फका २७ र सेन्टरका १४ केन्द्रीय पार्षद् निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय पार्षदमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिनिकटका ३, राष्ट्रिय जनमोर्चानिकटका ३ र विम्लव नेतृत्वको माओवादीनिकटका १ जना पत्रकारहरु निर्वाचित भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट