विश्वभर आज भ्यालेन्टाइन डे मनाइँदै

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन ।  भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा आज  विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइँदैछ ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन  युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाइन्छ । प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिईने यो दिवसमा आफ्ना जोडीलाई रातो गुलाब, चकलेट अनि विभिन्न उपहार दिएर युवायुवतीले भ्यालेन्टाइन डे मनाउने  गर्दछन् ।

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट