विमानस्थलमा विदेशी मुद्रासहित युवक पक्राउ

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौँ, ४ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा १३ हजार १८० युरोसहित एक युवकलाई पक्राउ गरेको छ ।

मङ्गलबार कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राईले आफ्नो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे गर्ने क्रममा उक्त मुद्रा फेला परेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट