मुख्य समाचार
प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । नेपाली सेनाको कार्गाे विमान बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा विमानका चालक कैलाश गुरुङको मृत्यु भएको छ । सुर्खेतबाट खाद्यान्न लिएर हुम्ला, समिीकोटका लागि उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नजिक धान खेतमा गएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलाश गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । असार ९ गते तोकिएको दोस्रो चरणको निर्वाचन सार्न मुस्लिम समुदायले सरकारसँग माग गरेका छन् । मुस्लिम प्रतिनिधिले असार ९ गते आफूहरुको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिबारे पुनर्विचार गर्न प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै माग गरेका छन् । प्रधानमन्त्री दाहालले मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै निर्वाचन आयोग र अरु दलसँग छलफल […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । रुपाकोट मजुवागढी नगरपालिकाको वडा नं. १२ जालपामा रहेको ज्योति माविमा हिजो राती आगलागी भएको छ । आगलानीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । ज्योति माविमा आगलागी भएपछि मंगलबार जिल्ला सदरमुकाम दिक्तेलबाट शिल्ला शिक्षा अधिकारी ज्ञामणि नेपाल र जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको टोली जालपा आएका छन् । […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

उदयपुर, १६ जेठ । दोस्रो चरणमा हुने स्थानीय तहमा निर्वाचनका लागि उदयपुरमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार चयन गरेका छन् । एमालेले सोमबार जिल्लाका ८ वटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको छ । कांग्रेसले त्रियुगा नगरपालिकाको मेयरमा वसन्तकुमार बस्नेत र उपमेयरमा देवीकुमारी चौधरी, चौदण्डी नगरपालिकाको […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान (स्काइ ट्रक) दुर्घटना भएको छ । दुर्घटनास्थलबाट एकजनाको जीवितै उद्दार गरिएको छ । दुर्घटनाबारे थप विवरण प्राप्त हुन सकेको छैन । उक्त विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि बाजुराको कोल्टी विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो । अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको थियो […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनका प्रबन्ध निर्देशक तथा होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष बीके श्रेष्ठको निधन भएको छ । ६८ वर्षीय श्रेष्ठको भैँसेपाटीस्थित निवासमा मंगलबार बिहान निधन भएको हो । सन् २०१४ देखि सन् २०१६ सम्म हानको अध्यक्षको भूमिका निर्वाह गरेका श्रेष्ठ पछिल्लो समय क्यान्सर रोगबाट […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ जेठभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि दोस्रो चरणको चुनावलाई दृष्टिगत गर्दै चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउन यही १२ जेठदेखि भेला तथा प्रशिक्षण सुरु भइसकेको […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । कांग्रेसले सहमतिको सरकार गठनका लागि मंगलबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय सकिन लाग्दा कांग्रेसले पहल थालेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताउँदै कांग्रेस सहमतिको सरकारका पक्षमा नरहेको […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले दोस्रो चरणमा तालमेल नगर्ने निर्णय गरेको छ । एमालेले केन्द्रीय स्तरबाट तालमेल नगर्ने निर्णय गरे पनि स्थानीय तहमा हुन सक्ने तालमेलका लागि भने खुला रहेको जनाएको छ । ‘पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन । दोस्रो चरणमा पनि संगठन र मुद्दाको […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

भोजपुर, १६ जेठ । एमालेले भोजपुरको ९ वटै स्थानीय तहका उम्मेदवार तय गरेको छ । जिल्लामा कांग्रेस, माओवादी र संघीय समाजवादीले भने चुनावी तालमेल गर्ने भएका छन् । भोजपुरमा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने भएको छ । हालसम्म टेम्के मैयुङ गाउँपालिका र सिल्पा सिलिछो गाउँपालिकामा तीन दलबीच तालमेल भइसकेको […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट संसद्मा प्रस्तुत गरेको छ । अघिल्लो बजेटको तुलनामा यो वर्षको बजेट २१.९ प्रतिशतले बढेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै चालु खर्च ८ खर्ब २ अर्ब ५३ करोड रुपैयाँ छुट्याएका हुन् […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । आइतबार रातीबाट मतपत्र च्यातेको विषयमा विवाद भएपछि रोकिएको भरतपुर महानगरपालिकाको मत गणना १७ जेठ सम्मका लागि स्थगित गरिएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले भरतपुर महानगरपालिकाको मत गणना स्थगित गर्ने निर्णय गरेको हो । कांग्रेस र माओवादी केन्द्रले विवाद भएका १९ नम्बर वडामा पुनः मतदान गर्नुपर्ने माग गरेको […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति सरेको छ । ३१ जेठमा तोकिएको दोस्रो चरणको चुनाव ९ असारमा गर्ने सरकारले निर्णय गरेको छ । मिति सरेसँगै उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । अन्तिम चरणमा पुगेको भरतपुर महानगरको मतगणना आइतबार राति मतपत्र च्यातिएपछि अहिलेसम्म मतगणना सुचारु हुन सकेकोे छैन । भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानबीन गर्न निर्वाचन आयोगले समिति गठन गरेको छ । समितिले घटनाबारे छानबीन गरेर रिपोर्ट बुझाएपछि मात्र आयोगले यसबारे निर्णय लिने र त्यसबेलासम्म मतगणना रोकिने बताइएको छ । आइतबार राति […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित सम्पन्न भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गत ३१ वैशाखमा सम्पन्न निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत […]



 

 

 

 

 

 

 


ताजा अपडेट