चुनावको मिति सर्‍यो, ९ असारमा गर्ने सरकारको निर्णय

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति सरेको छ । ३१ जेठमा तोकिएको दोस्रो चरणको चुनाव ९ असारमा गर्ने सरकारले निर्णय गरेको छ । मिति सरेसँगै उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ ।

राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा समझदारी भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट