र्‍याडिसन होटलका मालिक बीके श्रेष्ठको निधन

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनका प्रबन्ध निर्देशक तथा होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष बीके श्रेष्ठको निधन भएको छ ।

६८ वर्षीय श्रेष्ठको भैँसेपाटीस्थित निवासमा मंगलबार बिहान निधन भएको हो । सन् २०१४ देखि सन् २०१६ सम्म हानको अध्यक्षको भूमिका निर्वाह गरेका श्रेष्ठ पछिल्लो समय क्यान्सर रोगबाट संक्रमित थिए । क्यान्सर पीडित श्रेष्ठको अस्पतालमा सघन उपचारपछि चिकित्सकले उउनको निवासमै उपचार गर्दै आएका थिए ।

विगत ४० वर्षदेखि पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले चार दशकअघि हिमालयन ट्राभल एजेन्सी खोलेर पर्यटन क्षेत्रमा लागेका थिए । पर्यटन क्षेत्रमा मिलेको सफलता पछि उनी होटल व्यवसायमा लागेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट