भरतपुरमा मतपत्र च्यातिएको घटनाबारे छानबीन गर्न समिति गठन

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । अन्तिम चरणमा पुगेको भरतपुर महानगरको मतगणना आइतबार राति मतपत्र च्यातिएपछि अहिलेसम्म मतगणना सुचारु हुन सकेकोे छैन ।

भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानबीन गर्न निर्वाचन आयोगले समिति गठन गरेको छ । समितिले घटनाबारे छानबीन गरेर रिपोर्ट बुझाएपछि मात्र आयोगले यसबारे निर्णय लिने र त्यसबेलासम्म मतगणना रोकिने बताइएको छ । आइतबार राति मतपत्र च्यातिएपछि निर्वाचन अधिकृतले मतगणना रोकेर केन्द्रमा घटनाबारे जानकारी गराएका थिए ।

स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा ५० को उपदफा ३ बमोजिम सोमबार बसेको निर्वाचन आयोगको बैठकले छानबीन समिति गठन गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार छानबीन समितिले आजै भरतपुर पुगेर घटनाको छानबीन गरी रिपोर्ट बुझाउँने छ ।

उक्त रिपोर्टका आधारमा आयोगले निर्णय लिने छ । विवादपछि एमालेले च्यातिएका मतपत्रहरुलाई अलग राखी मतगणना सुरु गर्न माग गरेको छ भने कांग्रेस र माओवादीले वडा नं १९ मा पुन: मतदानको माग गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट