भरतपुरको मत गणना १७ जेठसम्मलाई स्थगित

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । आइतबार रातीबाट मतपत्र च्यातेको विषयमा विवाद भएपछि रोकिएको भरतपुर महानगरपालिकाको मत गणना १७ जेठ सम्मका लागि स्थगित गरिएको छ ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले भरतपुर महानगरपालिकाको मत गणना स्थगित गर्ने निर्णय गरेको हो ।

कांग्रेस र माओवादी केन्द्रले विवाद भएका १९ नम्बर वडामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ भने एमालेले पुनः मतदान नस्वीकार्ने बताएको छ । यो विषयमा भने निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट