सहमतिको सरकार गठनका लागि कांग्रेसले बोलायो सर्वदलीय बैठक

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । कांग्रेसले सहमतिको सरकार गठनका लागि मंगलबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय सकिन लाग्दा कांग्रेसले पहल थालेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताउँदै कांग्रेस सहमतिको सरकारका पक्षमा नरहेको आरोप लगाएको भोलिपल्ट कांग्रेसले सबै दलको बैठक बोलाएको छ ।

संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बिहान साढे आठ बजेका लागि बोलाइएको बैठकमा कांग्रेसले सरकार गठनका लागि सहयोग माग्नेछ । सर्वदलीय बैठकको निमन्त्रणासहित पार्टी नेतृत्वमा सर्वदलीय सरकार गठनका लागि सहयोग माग्दै सोमबारै कांग्रेसले पत्र पठाएको छ ।

सात दिनभित्र दलीय सहमतिको सरकार गठन नभएमा राष्ट्रपतिले संसद्लाई पत्र पठाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन थाल्न आग्रह गर्ने संवैधानिक प्रावधान छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट