निर्वाचनको मिति पुनर्विचार गर्न मुस्लिम समुदायको सरकारसँग माग

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । असार ९ गते तोकिएको दोस्रो चरणको निर्वाचन सार्न मुस्लिम समुदायले सरकारसँग माग गरेका छन् ।

मुस्लिम प्रतिनिधिले असार ९ गते आफूहरुको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिबारे पुनर्विचार गर्न प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै माग गरेका छन् । प्रधानमन्त्री दाहालले मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै निर्वाचन आयोग र अरु दलसँग छलफल गरी माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री दाहालले असार ९ गते रमजान पर्छ भनेर कसैलाई हेक्का नरहेको बताउँदै उनीहरुको मागप्रति सरकार सकारात्मक रहेको र निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर माग सम्बोधन गर्ने बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट