गम्भीर घाइते भएका कार्गाे विमान चालक कैलाश गुरुङको निधन

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । नेपाली सेनाको कार्गाे विमान बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा विमानका चालक कैलाश गुरुङको मृत्यु भएको छ ।

सुर्खेतबाट खाद्यान्न लिएर हुम्ला, समिीकोटका लागि उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नजिक धान खेतमा गएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलाश गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो ।

उनीसँगै दुर्घटनामा घाइते भएका नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आलेलाई थप उपचारका लागि सीता एयरको विमानबाट नेपालगन्ज ल्याइएको छ । घाइतेसँगै चालक गुरुङको शव पनि नेपालगन्ज पठाइएको छ ।

यो पनि पढ्नुहोस्

सेनाको स्काइ ट्रक कोल्टीमा दुर्घटना


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट