सेनाको स्काइ ट्रक कोल्टीमा दुर्घटना

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान (स्काइ ट्रक) दुर्घटना भएको छ । दुर्घटनास्थलबाट एकजनाको जीवितै उद्दार गरिएको छ । दुर्घटनाबारे थप विवरण प्राप्त हुन सकेको छैन ।

उक्त विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि बाजुराको कोल्टी विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो । अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको थियो ।

त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ र विमानमा आगो लागेको थियो । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट