मुख्य समाचार
प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

गुल्मी, १५ जेठ । गुल्मीमा कांग्रेसले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेस बिपी स्मृति भवन, तम्घासमा बसेको पटकपटकको बैठक र छलफलबाट उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । कांग्रेसले रेसुंगा नगरपालिकाको प्रमुखमा भुवनप्रसाद श्रेष्ठ, उपप्रमुखमा अमृता कुँवरलाई उठाने भएको छ । मुसिकोट नगरपालिका प्रमुखमा कृष्णहरि सापकोटा र उपप्रमुखमा […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । जेठ ३१ मा तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन सार्न प्रमुख दलहरु सहमत भएसँगै निर्वाचन आयोग पनि छलफलमा लागेको छ । आन्तरिक छलफलमा व्यस्त भएको निर्वाचन आयोगले आफ्नो राय दिएपछि मात्र सरकारले निर्वाचनको नयाँ मिति तोक्ने छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले असार ७ वा ८ गते दोस्रो चरणको निर्वाचन गर्ने […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । भरतपुरमा मतगणनाका क्रममा हिजो मध्यरातमा मतपत्र च्यातिएको घटनालाई लिएर निर्वाचन आयोगको बैठक बसेको छ । बैठक आयोगको केन्द्रीय कार्यालयमा जारी छ । आइतबार मध्यरातमा मतगणनाका क्रममा बुथ प्रतिनिधिले नै मतपत्र च्यातेको आरोप एमाले र माओवादी केन्द्रले एक अर्कालाई लगाएका छन् । मतपत्र च्यातिएपछि मतपेटका सिल गरी राखिएको छ । दुई वडा […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । आज १०औँ गणतन्त्र दिवस । २०६५ सालमा आजकै दिन तत्कालीन संसदले नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ घोषणा गरेको थियो । गणतन्त्र दिवसकै अवरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपतिले […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । विश्व प्रसिद्ध सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गरेको छ । विश्वभरका विभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्नो पेजमा चित्रहरु राख्ने गर्छ । जसलाई गुगल डुडल भनिन्छ । आज नेपालमा गुगल खोल्नेहरुले नेपालको झण्डा देख्न सक्ने छन् । नेपालको गणतन्त्र र झण्डाबारे गुगलले लेखेको छ, ‘नेपाल विशाल विविधता र सांस्कृतिक […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ । नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन । सरकारको ०६९ साल २२ मंसिरको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बंगलामुखी ज्वाइन्ट इन्भेन्चर (विकोइ विल्डर्स’ प्रालि, स्काइ विल्डर्स प्रालि र बंगलामुखी कन्स्टक्सन प्रालि) लाई तीन वर्षमा स्मारक निर्माण गर्ने […]


प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

काठमाडौं, १५ जेठ ।  नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ ।  सरकारले ५ सय १४ जनालाई  गणतन्त्र दिवसको अवसर पारेर विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको हो । मरणोपरान्त  बीपी कोइरालालाई  नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिने भएको छ । लोडसेडिङ हटाएर चर्चामा […]


प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार

काठमाडौं, १४ जेठ । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगे सँगै मेयरमा कसले बाजी मार्ला भन्ने चासो निकै बढेको छ । परिणाम नजिक पुग्न लाग्दा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादीकी रेणु दाहालको मतान्तर घटेको छ । एमाले उम्मेदवार ज्ञवालीले आइतबार दिउँसो वडा नं २१ को मतगणना सकिदासम्म ४० हजार ९ सय ८० मत पाएका […]


प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार

कञ्चनपुर, १४ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि माओवादी केन्द्रले यहाँका ९ वटै तहका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । कञ्चनपुर सदरमुकाम रहेको भीमदत्तनगरपालिका प्रमुखमा पार्टीका केन्द्रीय सदस्य गोपाल रसाइली र उपप्रमुखमा नारु सिंहलाई उम्मेदवार बनाएको छ । वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी र उपप्रमुखमा सुमित्रा शाहीलाई उम्मेदवार बनाइएको छ । त्यसैगरी, […]


प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार

काठमाडौं, १४ जेठ । संसद्मा आज प्रस्तुत गरिएको आर्थिक सर्वेक्षणअनुसार नेपाली नागरिकको प्रतिव्यक्ति आय वृद्धि भएर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा यस्तो जानकारी दिएका हुन् । गत वर्ष नेपाली नागरिकको प्रतिव्यक्ति आय ७ सय ५७ डलर रहेको थियो भने अहिले यो […]


प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार

काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् भने उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छन् । उपमेयरमा विजयी कांग्रेसकी हरिप्रभा खड्गीले आफ्ना निकटतम प्रतिद्वन्दीलाई २४ हजार भन्दा बढी मतले पराजित गरेकी हुन् । मेयरमा निर्वाचित विद्यासुन्दर शाक्य र उनका निकटतम प्रतिद्वन्दी राजुराज जोशी बीचको मतान्तर १९ हजार रहेको छ […]


प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार

काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले विजय प्राप्त गरेपछि एमालेले विजय जुलुस निकालेको छ । मत गणनास्थल राष्ट्रिय सभागृहमा एमाले कार्यकर्ता भेला भएर शाक्यलाई अखिर, खादा र फूलमालाले बधाई दिए । उनीहरुले शाक्यलाई काँधमा बोकेर सडकमा नारीबाजी गरेका छन् । शाक्य करिब २० हजार मतान्तरले विजयी भएका छन् । शनिवार राती […]


प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएको घोषणा भएपछि मतगणनास्थल राष्ट्रिय सभागृहलगायत राजधानीको विभिन्न ठाउँबाट एमालेको विजय जुलुस निस्किएको छ ।   https://www.facebook.com/reporternepalcom/videos/vb.524295230979645/1408295309246295/?type=2&theater&notif_t=live_video_explicit&notif_id=1495860271156156     https://www.facebook.com/reporternepalcom/videos/1408291039246722/


प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार

काठमाडौं, १४ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारिएको काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा आज बिहान आयोजित एक समारोहबीच फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरे । फास्ट ट्र्याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए । ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले […]


प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

काठमाडौं, १३ जेठ । महावीर पुन एउटा प्रतिष्ठित नाम । सादा जीवन र उच्च विचार उनको जीवनशैली । त्यसैले सिम्प्ली द बेस्ट महावीर पुनभन्दा दुई मत नरहला । अमेरिकी विश्वविद्यालयको डिग्रीपछि महावीरले आफ्नो जन्मभूमि नेपालमा सूचना प्रविधिको क्षेत्रमा काम गरे । उनले टेलिफोन सेवाको समेत पहुँच नपुगेका दुर्गम गाउँका विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गरे । […]



 

 

 

 

 

 

 


ताजा अपडेट