नतिजा नजिक पुग्दा भरतपुरमा देवी र रेणुको मतान्तर घट्यो

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार

काठमाडौं, १४ जेठ । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगे सँगै मेयरमा कसले बाजी मार्ला भन्ने चासो निकै बढेको छ ।

परिणाम नजिक पुग्न लाग्दा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादीकी रेणु दाहालको मतान्तर घटेको छ । एमाले उम्मेदवार ज्ञवालीले आइतबार दिउँसो वडा नं २१ को मतगणना सकिदासम्म ४० हजार ९ सय ८० मत पाएका छन् भने माओवादीकी रेणुले ४० हजार १ सय ९६ मत पाएकी छन् ।

दुवै उम्मेदवारको मतान्तर ७ सय ८४ मा झरेको छ । मत गणना गर्न बाँकी १९ र २० वडा कांग्रेसले वडाध्यक्ष जित्ने वडाहरु हुन् । अहिले वडा नम्बर १९ को मत गणना सुरु भएको छ । एमालेले वडा नं १९ मा आफूले जित्ने दाबी गरेको छ ।

दुवै वडामा कांग्रेसको बाहुल्यता भएकाले कांग्रेसको मत एमालेलाई गएको हुन सक्ने भएकाले आफू ढुक्क बस्न नसकेको माओवादीका तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहालले बताइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट