समाचार
प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार  काठमाडौं, ४ माघ । आगामी चैत्र ३ गतेदेखि सञ्चालन हुने एसएलसीको ग्रेडिङ परीक्षा दिनबाट एउटै विद्यालयका २२ जना विद्यार्थीले बञ्चित हुनुपर्ने भएको छ । विद्यालयको लापरबाहीका कारण भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । विद्यालयले निर्धारित समयमा राजश्वको रकम बैंक खातामा जम्मा नगरेका कारण बागलुङको ज्ञानेन्द्र […]


प्रकाशित मिति: ३ माघ २०७३, सोमबार

काठमाडौं, ३ माघ । गत सालको भुकम्पबाट थला परेको सिंहदरबारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएसंगै अब यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ । भवनलाई रेट्रोफिटिङमार्फत प्रवलीकरण गर्न भन्दै सिंहदरबार पुनर्निर्माण सचिवालयले टेण्डर निकाल्ने अन्तिम तयारी गरेको छ । यसका लागि झण्डै २५ करोड बढी खर्च हुने अनुमान गरिएको छ । मूल […]


प्रकाशित मिति: ३ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ३ माघ । सोमबार बिहान १० बजेको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादवबीच विवाह सम्पन्न भएको छ । राष्ट्रपतिकी छोरी निशाकुशुम भण्डारी डाक्टर हुन भने  ई. मुनिलाल यादव र सांसद किरण यादवका छोरा अभिशेष इन्जिनियर हुन । सात वर्षदेखि प्रेममा रहेका निशा […]


प्रकाशित मिति: ३ माघ २०७३, सोमबार

चितवन, ३ माघ । माघी पर्वका कारण कामदार घर गएपछि लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा अझै केही दिन काम प्रभावित हुने भएको छ । सडकखण्डमा  काम गर्ने अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६ गतेबाट उनीहरू बिदामा गएका छन् । लक्ष्यअनुसार काम भएको भए यतिबेला ५२ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा हालसम्म ३५ प्रतिशत मात्रै […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

पाल्पा, २ माघ । रिडीमा माघे सङ्क्रान्ति मेलामा आउनेलाई लक्षित गरेर संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३५० भन्दा बढीले फाइदा लिएका छन् । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गम रुरु क्षेत्रको रिडीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका तथा वृद्धवृद्धा स्वास्थ्य सेवा पाएपछि खुसी छन् । जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको चण्डीप्रसाद गण, पाल्पाले राखेको […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार इटहरी, २ माघ । १० वर्षदेखि सामुदायिक सहयोग सङ्गठन कोसानले बकलौरीवासीकालाई लक्षित गरेर पाँचवटा खानेपानी योजनाका लागि सरदर रु ६० लाखका खानेपानी योजनामध्ये तीनवटा योजना सफल भएका छन् भने बकलौरी गाविसका मूल बजार क्षेत्रका बासिन्दा भने स्वच्छ पिउने पानी उपभोग गर्नबाट वञ्चित भएका छन् । उनीहरूले अहिले पनि चापाकलबाट पानी तानेर नै […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार धनुषा, २ माघ । जनकपुरमा तिन दिन देखि औषधि व्यवसायी सङ्घले औषधि पसल बन्द गर्दै आएको छ । औषधि व्यवसायी सङ्घ जनकपुर शाखाले धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग राखी शुक्रबारदेखि औषधि पसल बन्द गर्दै आएका छन् । गत पुस २६ गते स्थानीय जनकपुरका औषधि पसलमा धनुषाका […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार बर्दिबास, २ माघ । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धुर्मुस–सुन्तलीको कामबाट सरकारले धेरै कुरा सिक्नुपर्ने बताएका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती पुगेका महजोडीले देश विदेशमा रहेका सबै नेपालीलाई यस्तो पवित्र काममा मन खोलेर सहयोग गर्न अपिल गरे । धुर्मुस–सुन्तलीले हाँस्यव्यंग्यमा मात्र नभई विकास निर्माणको […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार खोटाङ, २ माघ । भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको हो । जिल्लाका माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पा लगायतका गाविसमा एकैसाथ भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार भक्तपुर, २ माघ । लामो समयदेखि तयारी गरिरहेको यातायात ब्यवस्था विभागले आइतबारबाट भक्तपुरको जगातीमा पनि सवारी लाइसेन्स वितरणको काम थाल्ने भएको छ । स्वयम्भुको ठूलोभर्याङपछि आइतबारदेखि जगातीस्थित नयाँ कार्यालयबाट पनि लाइसेन्स सेवा सुरु गर्न लागेको हो । कार्यालय अधिकारीका अनुसार ट्रायल सेन्टर नभएकाले हालका लागि कार्यालयले लाइसेन्स नवीकरण र अनलाइन आवेदन बुझने […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार  काठमाडौं, २ माघ । देशभर विभिन्न कार्यक्रम गरी आज १९औं भूकम्प सुरक्षा दिवस  मनाइँदै छ । १९९० सालमा गएको बिनाशकारी भुकम्पको सम्झनामा २०५६ सालदेखि माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो  । सरकारले  भूकम्पबाट हुने क्षति कम गर्न आज काठमाडौंको साँखुमा जनचेतनामूक कार्यक्रम गरी  एक विशेष कार्यक्रमको आयोजना गरेको छ । गत […]


प्रकाशित मिति: १ माघ २०७३, शनिबार

बेनी, १ माघ । म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दी र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा सुरु गरिएको सो अभियानमा सर्वसाधारणको आर्कषण बढ्दै गएको अभियानमा खटिएका सहयोगीले बताए । स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता […]


प्रकाशित मिति: १ माघ २०७३, शनिबार

डडेल्धुरा, १माघ । जिल्लाको रङ्गुन नदी र अन्य खहरे खोलामा चुरे क्षेत्र संरक्षणका लागि तारजाली तथा जैविक तटबन्ध निर्माण गरिएको छ । पर्शुराम नगरपालिका र आलिताल गाविसमा बाढी, पहिरोका कारण चुर क्षेत्रको वनजङ्गल विनाशलाई रोक्नका लागि खहरे खोला र रङ्गुन नदीको १० किलोमिटर क्षेत्रमा तारजाली एव्म जैविक तटबन्ध निर्माण गरिएको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको […]


प्रकाशित मिति: १ माघ २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १ माघ । गत वर्षमा गएको महाभुकम्पले थला परेको बसन्तपुर दरबार क्षेत्र यतिका समय बिति सक्दापनि पुर्ननिर्माण हुन सकेको छैन । नेपालको पर्यटकीय क्षेत्रहरुमध्ये पर्ने यस क्षेत्रको स्थलगत निरिक्षण गर्दा जो कोही नेपालीको मन नै खिन्न हुने गर्दछ । यस्ता ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको मर्मत संभारलाई दू्रतगति दिई अझ बढी पर्यटकहरुलाई आर्कषित […]


प्रकाशित मिति: १ माघ २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १ माघ । आज माघ १ गते देशभर माघे संक्रान्ति पर्व मनाईदैं छ । विहान उठेर नुहाई धुवाई गरी आफुलाई चोखो पारी आफ्ना मान्यजनहरुको हातबाट टिका लगाई आशिर्वाद थापेर प्रसादको रुपमा तरुल, सेलरोटी, चाकु, घ्यु, सखरखण्ड, तिलबाट बनेको लड्डु, मिठाई आदि खाई यो पर्व मनाउने गरिन्छ । त्यसैगरी आजकै दिनमा नेपालका […]



 

 

 

 

 

 

 


ताजा अपडेट