पुर्ननिर्माणको अभावमा बसन्तपुर दरबार क्षेत्र

प्रकाशित मिति: १ माघ २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, १ माघ । गत वर्षमा गएको महाभुकम्पले थला परेको बसन्तपुर दरबार क्षेत्र यतिका समय बिति सक्दापनि पुर्ननिर्माण हुन सकेको छैन । नेपालको पर्यटकीय क्षेत्रहरुमध्ये पर्ने यस क्षेत्रको स्थलगत निरिक्षण गर्दा जो कोही नेपालीको मन नै खिन्न हुने गर्दछ ।

यस्ता ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको मर्मत संभारलाई दू्रतगति दिई अझ बढी पर्यटकहरुलाई आर्कषित गर्नु पर्दछ साथै आउने युवापुस्ताका लागि यस्ता सम्पदाहरु जोगाई राख्नुपर्ने देखिन्छ ।

दरबार क्षेत्रमा लगाईएको निषेधित क्षेत्रको बोर्ड ।

टेकोको भरमा अडिएको नेपाल संस्कृत विद्यालयको भवन ।


दरवार क्षेत्रमा रहेको एक मन्दिरको अवस्था ।

जहाँ पगौडा शैलीको एक सुन्दर मन्दिर थियो भन्दा जो कोहीलाई पत्याउन गार्हो पर्दछ ।

दरबार क्षेत्रको मुख्य भाग जहाँ देशमा हुने मुख्य मुख्य कार्यक्रमहरु हुने गर्दछ ।

(तस्वीर:हेम राई )

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट