पैसा तिर्दा पनि खानेपानीबाट वञ्चित

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

इटहरी, २ माघ । १० वर्षदेखि सामुदायिक सहयोग सङ्गठन कोसानले बकलौरीवासीकालाई लक्षित गरेर पाँचवटा खानेपानी योजनाका लागि सरदर रु ६० लाखका खानेपानी योजनामध्ये तीनवटा योजना सफल भएका छन् भने बकलौरी गाविसका मूल बजार क्षेत्रका बासिन्दा भने स्वच्छ पिउने पानी उपभोग गर्नबाट वञ्चित भएका छन् ।

उनीहरूले अहिले पनि चापाकलबाट पानी तानेर नै प्रयोग गर्नु परिरहेको छ । खानेपानीका लागि अग्रिम पैसा बुझाएर पनि पानी उपलब्ध हुन नसकेपछि लक्ष्मी भट्टराईले योजना नै असफल भएको गुनासो गर्दै पैसा फिर्ता माग्दा पनि दिँदैनन् र योजना छिटो सफल पार्न आग्रह गर्दा आलटाल गरिँदै आएको गुनासो गरिन । बकलौरी क्षेत्रका समस्या विषयमा खरो उत्रँदै आएका पुष्प प्याकुरेलले कि आयोजना सफल पारेर बकलौरीवासीलाई पानी खुवाउनु पर्यो होइन भने यो योजनाविरुद्ध हामी बकलौरीवासी पैसा फिर्ता गराउनका लागि कडा आन्दोलनमा उत्रने तयारीमा लागेका छौँ भने ।

योजनाले व्यक्तिगत धारा राख्नका लागि प्रतिघर रु १५ हजार अग्रिम उठाएको थियो । त्यसैगरी सामूहिक धारा राख्ने योजनाअनुसार सातदेखि १० वटा घर मिलेर प्रतिपरिवार रु एक हजार ५००का दरले पनि योजनाले पैसा उठाएको थियो । तर योजना नै असफल भएपछि बकलौरीको मुख्य बजार, सरकारी कार्यालयहरू रहेको तथा विद्यालय भएका क्षेत्रका बासिन्दाले भने अहिले तत्काल पानी प्राप्त गर्न सक्ने अवस्था नरहेको पाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट