देशभर विभिन्न कार्यक्रम गरी १९औं भूकम्प सुरक्षा दिवस मनाइँदै

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार 

काठमाडौं, २ माघ । देशभर विभिन्न कार्यक्रम गरी आज १९औं भूकम्प सुरक्षा दिवस  मनाइँदै छ । १९९० सालमा गएको बिनाशकारी भुकम्पको सम्झनामा २०५६ सालदेखि माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो  ।

सरकारले  भूकम्पबाट हुने क्षति कम गर्न आज काठमाडौंको साँखुमा जनचेतनामूक कार्यक्रम गरी  एक विशेष कार्यक्रमको आयोजना गरेको छ । गत सालको विनाशकारी भुकम्पले काठमाडौँ लगायत  देशका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो ।

काठमाडौंको साँखुमा २०७२ साल वैसाख १२ गतेको विनाशकारी भूकम्पबाट धेरै जनधनको क्षति भएको  कारण ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाईंदै छ ।

सरकारी प्रतिनिधिहरुको सहभागिताा आज ११ बजेर ५५ मिनेटमा  विभिन्न जनचेतनामूलक कार्यक्रमसँगै भूकम्पप्रतिरोधी सामग्रीको प्रदर्शनी गरिने छ । प्रदर्शनी पाँच दिनसम्म चल्ने बताइएको छ ।

१९९० सालको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको स्मृतिसँगै भूकम्पप्रतिरोधी संरचना निर्माण गरी भूकम्पबाट हुने क्षति कम गर्न यो दिवस मनाईँदै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट