माघी पर्वले नारायणगढ–मुग्लिन सडकको काम प्रभावित

प्रकाशित मिति: ३ माघ २०७३, सोमबार

चितवन, ३ माघ । माघी पर्वका कारण कामदार घर गएपछि लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा अझै केही दिन काम प्रभावित हुने भएको छ ।

सडकखण्डमा  काम गर्ने अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६ गतेबाट उनीहरू बिदामा गएका छन् ।

लक्ष्यअनुसार काम भएको भए यतिबेला ५२ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा हालसम्म ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको  नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर बताउँछन् ।

दैनिक ६ सय तीनजना कामदार सो सडकखण्डमा परिचालन हुँदै आएका थिए । मधेसका न्यून र स्थानीय चेपाङ समुदायका कामदार भएपनि अधिकांश दाङ, बाँके, बर्दिया, सल्यान लगायतका जिल्लाका कामदार थिए ।

ती कामदारहरुले गारो लगाउने, कल्भर्ट राख्ने, नाली बनाउने जस्ता काम गर्ने गर्दछन् । उनीहरू बिदामा गएसँगै मेसिनले भित्तो काट्ने बाहेकका काम नभएको बताईएको छ । बिदामा गएका कामदार माघको दोस्रो सातापछि मात्र फर्किने देखिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट