देशभर माघे संक्रान्ति मनाईदैं

प्रकाशित मिति: १ माघ २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, १ माघ । आज माघ १ गते देशभर माघे संक्रान्ति पर्व मनाईदैं छ ।

विहान उठेर नुहाई धुवाई गरी आफुलाई चोखो पारी आफ्ना मान्यजनहरुको हातबाट टिका लगाई आशिर्वाद थापेर प्रसादको रुपमा तरुल, सेलरोटी, चाकु, घ्यु, सखरखण्ड, तिलबाट बनेको लड्डु, मिठाई आदि खाई यो पर्व मनाउने गरिन्छ ।

त्यसैगरी आजकै दिनमा नेपालका तराई भागमा बसोबास गर्ने थारु समुदायले पनि माघी पर्व धुमधामका साथमा मनाउँदैं छन् ।

यसै क्रममा राजधानीमा बसोबास गर्ने थारु समुदायले राजधानीस्थित टुँडिखेलमा भेला भई यो पर्व मनाई रहेका छन् ।

फिल्ड रिपोर्ट : रेनु कार्की

 

 

 

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट