सिंहदरबारको मुख्य भवन नभत्काई रेट्रोफिटिङ गरिने

प्रकाशित मिति: ३ माघ २०७३, सोमबार

काठमाडौं, ३ माघ । गत सालको भुकम्पबाट थला परेको सिंहदरबारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएसंगै अब यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ ।

भवनलाई रेट्रोफिटिङमार्फत प्रवलीकरण गर्न भन्दै सिंहदरबार पुनर्निर्माण सचिवालयले टेण्डर निकाल्ने अन्तिम तयारी गरेको छ । यसका लागि झण्डै २५ करोड बढी खर्च हुने अनुमान गरिएको छ ।

मूल भवनलाई भत्काएर सचिवालयले नयाँ बनाउने प्रस्ताव गरेको थियो, तर पुरातत्व विभागले असहमति जनाएपछि समिति पुरानो निर्णयबाट पछि हटेको छ ।

पुरातत्व विभागले सकेसम्म रेट्रोफिटिङ गरेर पुरातात्विक सम्पदा जोगाउने नीति लिएको छ । अब यसैसाता रेट्रोफिटिङका लागि टेण्डर आह्वान हुने सिंहदरबार पुनर्निर्माण समितिले जनाएको छ  ।

यसअघि ०३९ सालमा भएको आगलागीपछि पुनर्निर्माण गरिएको सिंहदरबार ०७२ वैशाख १२ को भूकम्पले हल्लाएपछि निकै जोखियुक्त अवस्थामा छ ।

भवनबाट प्रधानमन्त्रीको कार्यालय, योजना आयोग, रक्षा मन्त्रालय लगायत उच्च निकाय  सरेपनि आपूर्ति मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र कर्णाली आयोगका कार्यालय यही भवनभित्रै सरेर आएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट