राष्ट्रपतिपुत्री निशाको विवाह सम्पन्न

प्रकाशित मिति: ३ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ३ माघ । सोमबार बिहान १० बजेको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादवबीच विवाह सम्पन्न भएको छ ।

राष्ट्रपतिकी छोरी निशाकुशुम भण्डारी डाक्टर हुन भने  ई. मुनिलाल यादव र सांसद किरण यादवका छोरा अभिशेष इन्जिनियर हुन । सात वर्षदेखि प्रेममा रहेका निशा र अभिशेषको सम्बन्ध आज विवाहमा बाधिएको हो ।

शीतल निवासबाटै राष्ट्रपतिकी कान्छी छोरी  निशाकुशुमलाई बिदाई गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट