२० महिनापछि भूकम्प पुनःनिर्माण सर्वेक्षण सुरु

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

खोटाङ, २ माघ । भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको हो ।

जिल्लाका माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पा लगायतका गाविसमा एकैसाथ भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौतालगायतका काम सुरु गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनःनिर्माणका प्रारम्भिक चरणका काम केही हप्ता ढिला गरी सुरु गरिएको तथ्याङ्क विभाग जिल्ला लागत सङ्कलन व्यवस्थापन कार्यालय दिक्तेलले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट