मेलामा निःशुल्क स्वास्थ्य परीक्षण संचालन

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

पाल्पा, २ माघ । रिडीमा माघे सङ्क्रान्ति मेलामा आउनेलाई लक्षित गरेर संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३५० भन्दा बढीले फाइदा लिएका छन् ।

पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गम रुरु क्षेत्रको रिडीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका तथा वृद्धवृद्धा स्वास्थ्य सेवा पाएपछि खुसी छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको चण्डीप्रसाद गण, पाल्पाले राखेको शिविरमा बालबालिका, वृद्धवृद्धा, महिलाले स्वास्थ्य जाँच गराउन पाएपछि सेवाग्राही खुसी देखिएका हुन् ।

कालीगण्डकीमा स्नान गर्न र मेला भर्न हजारौँ श्रद्धालु भक्तजन रिडीको रुरु क्षेत्रमा आउने गर्छन् । रिडीमा माघेसङ्क्रान्ति मेला भर्न पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, तनहु, अर्घाखाँची, रूपन्देही, प्यूठान, बागलुङ र भारतका विभिन्न क्षेत्रबाट समेत आउने गर्दछन् ।

साधारण चेकजाँच, दाँत, नाक, कान, घाँटीको चिकित्सक व्यवस्था गरिएको र शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो । स्वास्थ्य जाँच गराउन आउनेहरूमध्ये अधिकांशलाई दम, निमोनिया, उच्च रक्तचापको समस्या देखिएको छ ।

शिविरमा जिल्ला सरकारी अस्पताल, निजी क्लिनिकका डाक्टरले स्वास्थ्य परीक्षण गर्नुका साथै विभिन्न औषधि कम्पनीले सहयोग गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट