भक्तपुरबाट पनि सवारी लाइसेन्स वितरण हुने

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

भक्तपुर, २ माघ । लामो समयदेखि तयारी गरिरहेको यातायात ब्यवस्था विभागले आइतबारबाट भक्तपुरको जगातीमा पनि सवारी लाइसेन्स वितरणको काम थाल्ने भएको छ ।

स्वयम्भुको ठूलोभर्याङपछि आइतबारदेखि जगातीस्थित नयाँ कार्यालयबाट पनि लाइसेन्स सेवा सुरु गर्न लागेको हो ।

कार्यालय अधिकारीका अनुसार ट्रायल सेन्टर नभएकाले हालका लागि कार्यालयले लाइसेन्स नवीकरण र अनलाइन आवेदन बुझने काम मात्र गर्ने छ ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जगातीस्थित कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट