मुख्य समाचार
प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ । ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुखलाई निरन्तर रुपमा सचेत गराउँदै आयोजना तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

चितवन, २१ जेठ । भरतपुर महानगरपालिका दुईवटा वडाका वडा अध्यक्षमा वडा निर्वाचित घोषित वडा अध्यक्षलाई सपथ नगराउन अदालतले आदेश दिएको छ । भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटौंडाले विपक्षीका नाममा आदेश दिएको छ । वडा […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २१ जेठ । एमालेको भातृ संगठनले निर्वाचन आयोगले भरतपुर महानगरको वडा नं १९ मा पुनः मतदान गर्ने निर्णयको काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार काठमाडौंमा एमाले सम्बद्ध दुई संगठन युवा संघ र अनेरास्ववियुले विरोध प्रदर्शन आयोजना गरेको हो । भरतपुरको वडा नं १९ मा पुनः मतदान गर्ने आयोगले निर्णय गरेको छ भने एमालेले […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दलको अवरोधका कारण व्यवस्थापिका संसद्को बैठक २३ जेठसम्मका लागि स्थगित भएको छ । संसद् बैठक स्थगित भएसँगै प्रधानमन्त्री चयन प्रक्रिया पनि जेठ २३ गतेलाई तोकिएको छ । एमाले नेताहरुले सहमतिको प्रयासका लागि भन्दै संसद् बैठक २३ गतेसम्म सार्न प्रस्ताव गरेका थिए । बिहान ११ बजे बोलाइएको संसद् बैठक एमालेले […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २१ जेठ । भरतपुर महानगर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको छ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडाका सदस्यका एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गराएका हुन् । रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २१ जेठ । आज हुने प्रधानमन्त्री निर्वाचन प्रभावित हुने भएको छ । संसद बैठक विहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । तर, चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

सोलुखुम्बु, २१ जेठ । पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुंगा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ । […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काभ्रे, २१ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नम्बरको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं, २० जेठ । बुहप्रतिक्षित भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको हो । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं, २० जेठ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८८ प्रतिशत काम सकिएको छ । उक्त आयोजनामा खन्नु पर्ने ८.२ किलोमिटरको मूख्य सुरुङमा अब ८ सय मिटर मात्रै खन्न बाँकी छ । दोलामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको आयोजना हो । आयोजनामा आवश्यक पर्ने अधिकांश हेभी इक्वीपमेन्टहरु आयोजनास्थल पु¥याइसकिएको छ । अहिले ३७ टनको हेभी […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं, २० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार संसद्मा चुनाव हुँदैछ । माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल देउवाको उम्मेदवारीका प्रस्तावक छन् भने उनका समर्थकमा कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार रहेका छन् ।


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं, २० गते । मोरङ उर्लाबारीकी २० वर्षीया निकिता चन्दक ‘मिस नेपाल २०१७’ बनेकी छन् । विश्व सुन्दरी प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवशर पाएकी चन्दकले यस वर्षको मिस नेपालमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपालको उपाधि हात पारेकी हुन् । होटल अन्नपूर्णमा आयोजना गरिएको यस वर्षको मिस नेपाल कार्यक्रममा रोजिना श्रेष्ठले ‘मिस नेपाल अर्थ’ […]


प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, १९ जेठ । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक डाकेकी छिन् । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चुनावको कार्यतालिका नै प्रकाशन नगर्न माग गरेपछि सभामुख घर्तीले प्रमुख तीन दलको बैठक बोलाएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सकारका गठनका लागि दिएको अवधि सकिएपछि संसद्ले आगामी २१ गते प्रधानमन्त्री चुनाव हुने गरी कार्यतालिका प्रकाशन […]


प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

रोल्पा, १९ जेठ । कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा रोल्पामा पार्टीका तर्फबाट उम्मेदवार हुनेको नाम टुंगो लगाएको छ । आकांक्षी धेरै भएपछि उम्मेदवारको टुंगो लगाउन नसकेको कांग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामावली एकमुष्ट टुंगो लगाएको हो । पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । […]


प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

बाजुरा, १९ जेठ । बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान बन्दै गएको छ । चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर सबै शिक्षक हिँडेका थिए । तर, अहिलेसम्म कसैको अत्तोपत्तो छैन । विद्यालयमा विद्यार्थी र विद्यालयका पालेबाहेक अरू कोही देखिँदैनन् । सरकारी तलबभत्ता खाने तीन र निजी स्रोतका दुई गरी […]



 

 

 

 

 

 

 


ताजा अपडेट