निकिता चन्दक बनीन् ‘मिस नेपाल २०१७’

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं, २० गते । मोरङ उर्लाबारीकी २० वर्षीया निकिता चन्दक ‘मिस नेपाल २०१७’ बनेकी छन् ।

विश्व सुन्दरी प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवशर पाएकी चन्दकले यस वर्षको मिस नेपालमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपालको उपाधि हात पारेकी हुन् ।

होटल अन्नपूर्णमा आयोजना गरिएको यस वर्षको मिस नेपाल कार्यक्रममा रोजिना श्रेष्ठले ‘मिस नेपाल अर्थ’ को उपाधि र नीति शाहले ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि हात पारेकी हुन् ।

द हिडेन ट्रेजरले आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगितामा राष्ट्र बैंकका गर्भनर चिरन्जिबी नेपालले सोधेको प्रश्नमा चन्दकले अरु भन्दा उत्कृष्ट उत्तर दिँदै मिस नेपालको उपाधि जितेकी हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट