आयोगको निर्णयविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २१ जेठ । एमालेको भातृ संगठनले निर्वाचन आयोगले भरतपुर महानगरको वडा नं १९ मा पुनः मतदान गर्ने निर्णयको काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंमा एमाले सम्बद्ध दुई संगठन युवा संघ र अनेरास्ववियुले विरोध प्रदर्शन आयोजना गरेको हो । भरतपुरको वडा नं १९ मा पुनः मतदान गर्ने आयोगले निर्णय गरेको छ भने एमालेले पुनः मतगणना गरिनुपर्ने अडान लिएको छ ।

एमाले कार्यकर्ताको समेत उपस्थिति रहेको उक्त र्याली प्रदर्शनीमार्गबाट सुरु भई पुतलीसडक, बागबजार हुँदै शान्तिवाटिका पुगेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट