एमालेको अवरोधपछि संसद् बैठक स्थगित, प्रधानमन्त्रीको चुनाव मंगलबार

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दलको अवरोधका कारण व्यवस्थापिका संसद्को बैठक २३ जेठसम्मका लागि स्थगित भएको छ । संसद् बैठक स्थगित भएसँगै प्रधानमन्त्री चयन प्रक्रिया पनि जेठ २३ गतेलाई तोकिएको छ ।

एमाले नेताहरुले सहमतिको प्रयासका लागि भन्दै संसद् बैठक २३ गतेसम्म सार्न प्रस्ताव गरेका थिए । बिहान ११ बजे बोलाइएको संसद् बैठक एमालेले अवरोध गरेपछि ३ बजेलाई सारिएको थियो ।

सभामुख ओनसरी घर्तीले सहमतिको प्रयासका लागि भन्दै सूचना टाँसेर २३ जेठ १ बजेका लागि संसद् बैठक सारिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट