सभामुखले बोलाइन् तीन दलको बैठक

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, १९ जेठ । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक डाकेकी छिन् । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चुनावको कार्यतालिका नै प्रकाशन नगर्न माग गरेपछि सभामुख घर्तीले प्रमुख तीन दलको बैठक बोलाएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सकारका गठनका लागि दिएको अवधि सकिएपछि संसद्ले आगामी २१ गते प्रधानमन्त्री चुनाव हुने गरी कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको थियो । आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमालेले प्रधानमन्त्री चुनावको कार्यतालिका अघि नबढाउन चेतावनी दियो । त्यही कारण सभामुख घर्तीले संसद् सचिवालयको आफ्नै कार्यकक्षमा तीन बजे प्रमुख तीन दलका शीर्ष नेतालाई डाकेकी हुन् ।

सभामुखले प्रतिपक्षीले उठाएको सवालमा सत्तापक्षको धारणा सोध्नुका साथै प्रतिपक्षलाई संसदीय पद्धतिभित्र रहेर आफ्ना गतिविधि संचालन गर्न आग्रह गर्नेछिन् । ९ जेठमा प्रधानमन्त्री पदबाट पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट