व्यापार/व्यवसाय
प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काभ्रेपलाञ्चोक, ६ असोज । २ गाविसबीचको जग्गा विवादले जग्गाधनी प्रमाण पूर्जा बन्न नसक्दा जिल्लाको उत्तरपूर्वी भेगका १ हजार घर परिवारले भूकम्पपछिको पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्न पाएका छैनन् । ०३० सालमा नापी टोली गाउँ आउँदा भोम्लुटार र फलाँटे गाविसको बीचमा पर्ने भुम्लुबेँसी फाँट कता पर्छ भन्ने विवाद भएको थियो । नापीले नापजाँच […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार धनगढी, ६ असोज । तपाईं ‘ढुकुटी’ खोलेर नगदको कारोबार गरिरहनुभएको छ भने सावधान रहनुहोला । किनकी गैर कानुनी मानिने ‘ढुकुटी‘ खेलेकै कारण यहाँका कयौँ व्यापारी र सर्वसाधारण यति बेला ठगिएर बिचल्लीमा परेका छन् । ढुकुटी खेलाएवापत संकलन भएको करोडौँ रूपैयाँ लिएर सञ्चालक बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण ठगिने गरेका हुन् । एउटा […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार भद्रपुर, ६ असोज । जिल्ला विकास समितिले आव ०७२÷७३ मा ५३ हजार ३ सय ६९ जनालाई ४८ करोड ५४ लाख ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक २८ हजार ३ सयलाई ३१ करोड ७४ लाख ३८ हजार रुपैयाँ, ज्येष्ठ नागरिक (दलित) १ हजार ७ सय ७२ लाई […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार बैतडी, ६ असोज । सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखा अझै पुनःस्थापना हुन सकेका छैनन् । सहरमा टोलैपिच्छे बैंक खुले पनि जिल्लाका व्यापारिक केन्द्रका बासिन्दा बैंकिङ कारोबार गर्न सास्ती भोग्दै आएका छन् । कृषि विकास बैंक र नेपाल बैंकका शाखा पुनःस्थापना नहुँदा सर्वसाधारण हजारौँ रूपैयाँ खर्चेर सदरमुकाम जान […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजार सुधारका लागि फेरि नयाँ कार्यक्रम ल्याएको छ । सेबोनले लगानीकर्ताको हितग्राही खातासँगै बैंक खातालाई जोड्न, नयाँ सेयर आवेदन र हकप्रदको आवेदन पत्र अनलाइनबाटै उपलब्ध गराउन, आवेदन केन्द्रको संख्या धेरै बनाउन, नगद लाभांश अनिवार्य रूपमा बैंक खातामा पठाउने व्यवस्था मिलाउन केन्द्रीय निक्षेप प्रणाली […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं÷ इन्डोनेशियाको राजधानी जाकर्तामा आयोजित विश्वकै चर्चित पर्यटन मेला ‘पाटा ट्राभल मार्ट’मा सहभागिता जनाएर नेपाली सहभागी टोली स्वदेश फर्किएको छ । मेलामा पाटा नेपाल च्याप्टरले नेपालको पर्यटन प्रचार गर्ने विभिन्न प्रदर्शनी प्रस्तुत गरेर फर्किएको पाटा नेपालका कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताएका छन् । सेप्टेम्बर ७ देखि ९ सम्म आयोजित ३९ औं पाटा ट्राभल मार्टमा पाटा […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २ असोज । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिँदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पोखरामा आयोजना गरेको एनसेलको मेला सम्पन्न भएको छ । एनसेल मेलामा पोखरेलीहरूका साथै पर्यटकहरूको उत्साहजनक सहभागिता रहेको थियो । विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरूले भरिपूर्ण एकदिने एनसेल मेला बिहीबार नारायणघाटको […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रिपोर्टटर नेपाल समाचार काठमाडौं, २ असोज । अरुण काबेली पावरको छैटौँ वार्षिक साधारणसभाले अन्य उपयुक्त हाइड्रोपावर कम्पनीसँग मर्ज वा एक्वीजिसनमा जानेगरी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको साधारण सभा बैठकले मर्ज वा एक्विजिसनमा जाने निर्णय गरेको हो । यस कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बहने काबेली […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २ असोज । सरकारले ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी २ वर्षभित्र १ हजार ४ सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवं निजी क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

खोटाङ, ३१ भदौ । जिल्लामा निर्माणाधीन मेवाखोला हाइड्रोपावर दसँैअगाडि सञ्चालन हुने भएको छ । एक मेगावाट क्षमताको हाइड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दसैँअगाडि सञ्चालन गर्ने तयारी गरिएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । कम्पनीको हालसम्मको प्रगतिबारे बिहीबार सार्वजनिक भएको कार्यक्रममा चीनबाट आउने तीन सदस्यीय इन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि विद्युत् बल्ने […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । चाडपर्वहरूको आगमनलाई स्वागत गर्दै चौधरी ग्रुपअन्तर्गत एलजी ब्रान्डको इलेक्ट्रोनिक्सलगायत घरायसी सामग्रीको नेपालको लागि एक मात्र आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्स प्रालिले ‘लेट्स सेलिबे्रटी टुगेदर’ स्लोगनका साथ एलजीका हरेक ब्रान्डका टेलिभिजन सेटहरूको खरिदमा हात खाली नजाने उपहार र क्यास व्याक अफर तथा होम एप्लाइन्सेन्स पनि हात खाली नजाने उपहार प्रदान गरी ग्राहकहरूको […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २८ भदौ । गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बजारमा पठाउने ५ वटा सिमेन्ट उद्योगलाई नातपौल तथा गुणस्तर नियन्त्रण विभागले बिक्रीवितरणमा रोक लगाएको छ । उद्योगबाट संकलित नमुनाको ३ देखि ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थ तोकिएको मापदण्डभन्दा कम पाइएपछि ती उद्योगको उत्पादन बन्द गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । विभागबाट खटिएको अनुगमन […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

इलाम, २७ भदौ । इलाम नगरपालिका–४ मा रहेको राहसल बाल अनाथलयलाई इलाम नगरपालिकाका एक दम्पतीले रु डेढ लाखको अक्षयकोष खडा गरिदिनुभएको छ । आर्थिक अभावमा समस्यामा परिरहेको यस अनाथलयलाई वर्तबहादुर राई र उहाँकी श्रीमतीले रु डेढ लाखको अक्षयकोष खडा गरिदिनुभएको हो । अनाथलय सञ्चालनका लागि इलाम सदरमुकामका विभिन्न समाजसेवीले दैनिक रु एक सङ्कलन अभियान समेत […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

सिद्धार्थ एसोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट (साटा) को आइतबार सम्पन्न आठौँ अधिवेशन तथा १७ औँ साधारणसभाबाट चन्द्र थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । निर्वाचन समिति सदस्य उमेश थापा मगरका अनुसार साटाको वरिष्ठ उपाध्यक्षमा सुन्दरबहादुर क्षेत्री, उपाध्यक्षद्वयमा गोविन्द सिंह र दिनेश मल्ल, महासचिवमा मुकेश श्रेष्ठ, सचिवमा उमाशङ्कर मिश्र, कोषाध्यक्षमा अन्जन श्रेष्ठ र सहकोषाध्यक्षमा […]


प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

राजधानी लगायत विभिन्न शहरहरुमा हुने चोरीका घटना अब ताल्चाले नै नियन्त्रण गर्न सघाउ पुर्याउने छ। चोर वा अपरिचित कोही व्यक्तिले तोडफोड गर्न खोजेमा साइरन बजेर टोललाई नै सचेत गराउने ताल्चा बजारमा पाइन थालेको छ। चीनमा बनेको यो ताल्चा राजधानीको महाबौद्धसहित विभिन्न ठाउँहरुमा पाइने गर्दछ। यसको नेपाली मूल्य १२ सय रुपैयाँ रहेको छ। चोर भगाउने स्मार्ट […]



 

 

 

 

 

 

 


ताजा अपडेट