एनसेल मेलामा रमाए पोखरेली

प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २ असोज । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिँदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पोखरामा आयोजना गरेको एनसेलको मेला सम्पन्न भएको छ । एनसेल मेलामा पोखरेलीहरूका साथै पर्यटकहरूको उत्साहजनक सहभागिता रहेको थियो । विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरूले भरिपूर्ण एकदिने एनसेल मेला बिहीबार नारायणघाटको नारायणी किनार आयोजना गरिएको थियो । शनिबारको मेलामा विभिन्न कार्यक्रमहसहित साँझसम्म चलेको थियो । मेलाको मुख्यआकर्षणमा चर्चित कलाकारहरू तथा सांगीतिक समूहको प्रस्तुतिहरू, कमेडी, जादु, गेम स्टलहरू, किडस् जोन र फुड स्टलहरू रहेका थिए ।

चर्चित कलाकार तथा गायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्यान्ड तथा लाहुरेले मेलामा आफ्नो उत्कृष्ट गीतहरू गाएका थिए । हाँस्यकलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुतीमार्फत हँसाए भने कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीमा दर्शकहरू मत्रमुग्ध भएका थिए । गायक सुगम पोखरेलको ‘झिल्के’ र ‘प्रेम गीत’, मिलन अमात्यको ‘गाला रातै’ र ‘स्लोली स्लोली’, शिव परियारको ‘क्यादामीभो’ र ‘रुपौली रानी’जस्ता गीतहरूमा दर्शकहरू आफू पनि गाउँदै नाचेका थिए । मेलामा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एन्ड स्कोर र स्कोर द रियल गोललगायत गेमहरू राखिएका थिए ।

मेलामा आगन्तुकहरूले एनसेलको सेवा तथा सुविधाहरू आकर्षक अफरका साथ लिन पाएका थिए । त्यसैगरी डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरू एनसेलको विशेष हाइटेक जोनमा दर्शकहरूले चलाएर हेर्न सकिने व्यवस्था मिलाइएको थियो । आगन्तुकहरूको लागि नेपाली, इन्डियन र चाइनिज परिकारहरूको फुड स्टलहरूका साथै दसैँ पिङग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथजस्ता आकर्षणहरू रहेका थिए । ‘पर्यटकीय नगरी पोखरामा एनसेल मेला आयोजना गरेर नजिकिँदै गरेको चाडपर्वको शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न पाउँदा हामी निकै हर्षित छौँ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

नारायणघाट र पोखरा पश्चात, एनसेल मेलाअसोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट