अनाथलयमा डेढ लाखको अक्षयकोष

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

इलाम, २७ भदौ । इलाम नगरपालिका–४ मा रहेको राहसल बाल अनाथलयलाई इलाम नगरपालिकाका एक दम्पतीले रु डेढ लाखको अक्षयकोष खडा गरिदिनुभएको छ ।

आर्थिक अभावमा समस्यामा परिरहेको यस अनाथलयलाई वर्तबहादुर राई र उहाँकी श्रीमतीले रु डेढ लाखको अक्षयकोष खडा गरिदिनुभएको हो ।

अनाथलय सञ्चालनका लागि इलाम सदरमुकामका विभिन्न समाजसेवीले दैनिक रु एक सङ्कलन अभियान समेत थालेका छन् । अनाथलय सञ्चालनका लागि जिल्ला विकास समितिले भवन निर्माण गरिदिएको छ ।

अनाथालयमा आठ जना अनाथ बालबालिका आश्रित छन् । आफन्त गुमाएका र अर्काको घरमा बसेका बालबालिकालाई उद्धार गरेर यहाँ आश्रय दिइएको हो ।

मजदुर अभावमा चिया टिप्ने मेसिनको प्रयोग बढ्दै

वैदेशिक रोजगारीका कारण जिल्लाको ग्रामीण भेगमा चिया टिप्ने मजदुर अभाव हुन थालेपछि चिया कृषकले आधुनिक प्रविधि भित्र्याउन थालेका छन् ।

मजदुर अभावमा जिल्लाका साना तथा ठूला चिया कृषक तथा बगान पक्षले चिया टिप्ने मेसिन ल्याएका हुन् ।

चिया टिप्ने मेसिन (टिप्लकर) छिटो काम गर्ने, कम खर्च लाग्ने र मानिस खोजिरहनु नपर्ने भएकाले कृषकले महँगो मूल्य तिरेर मेसिन भ्यियाएका हुन् ।

चिया विकास निगमअन्तर्गतका कारखानाले पनि मेसिनको प्रयोग थालेका छन् । श्रमिक घट्दै गएकाले समयमा टिप्न नभ्याउँदा तीनवटा मेसिनको प्रयोग हुने गरेको कन्याम चिया बगानले जनाएको छ । रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट