एलजीको ‘लेट्स सेलिब्रेट टुगेदर’ योजना

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं । चाडपर्वहरूको आगमनलाई स्वागत गर्दै चौधरी ग्रुपअन्तर्गत एलजी ब्रान्डको इलेक्ट्रोनिक्सलगायत घरायसी सामग्रीको नेपालको लागि एक मात्र आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्स प्रालिले ‘लेट्स सेलिबे्रटी टुगेदर’ स्लोगनका साथ एलजीका हरेक ब्रान्डका टेलिभिजन सेटहरूको खरिदमा हात खाली नजाने उपहार र क्यास व्याक अफर तथा होम एप्लाइन्सेन्स पनि हात खाली नजाने उपहार प्रदान गरी ग्राहकहरूको मुहारमा खुसी बाड्ने उद्देश्य रहेको बताएको छ ।

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा एलजीले विभिन्नउपहार तथा क्यास ब्याक अफर अनुसार ५५ इन्च र माथीको अल्ट्रा एचडी टिभीको खरिदमा एलजी साउन्ड बार एसएच फोर, ४३–४९ इन्चको अल्ट्रा एचडी टिभी र ४३–५५ इन्च नर्मल एलइडी टिभीको खरिदमा क्रमशः एलजी एनपी ७५५० ब्लुटुथ स्पिकर र एलजी ब्लुटुथ स्पिकर प्राप्त गर्न सक्नेछन् । त्यसै गरी ४९–६० इन्चको स्मार्ट टिभीको खरिदमा एलजी एलएच ७०बी मल्टिमिडिया स्पिकर र ४० इन्च र माथीको स्मार्ट टिभिको खरिदमा एमएमआरसी÷वायरलेस किबोर्ड र ३२ इन्चको स्मार्ट टिभी तथा ३२ इन्चकै नर्मल एलइडी टिभिको खरिदमा विभिन्न साइजका इमरजेन्सी लाइटहरू प्राप्त गर्न सक्नेछन् ।

त्यसै गरी एलजी होम एप्लाइन्सेसअन्तर्गत विभिन्न आकर्षक अथा अति उपयोगी घरायसी सामग्री तथा उपकरणहरू प्राप्त गर्न सकिनेछ । जस अनुसार एलजीको ७० बी मल्टीमिडिया स्पिकर उपहार स्वरुप साइड बाइ साइड रेफ्रिजेरेटरको खरिदमा, फ्री मिक्सर ग्राइन्डर डबल डोर रेफ्रिजेरेटरको खरिदमा डिटरजेन्ट विद लिक्वीड डिस वासर को खरिदमा पिजन गिफ्ट सेट, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा र एलजी कुकिङ किट, माइक्रो वेभ ओभनको खरिदमा उपभोक्ताले पाउन सक्नेछन् ।

यसका साथै एयर कन्डिसनरको खरिदमा फ्रि इन्स्टलेसन जस्ता आकर्षक उपहारहरू सित्तैमा प्राप्त गर्न सक्नेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट