४८ करोड भत्ता वितरण

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
भद्रपुर, ६ असोज । जिल्ला विकास समितिले आव ०७२÷७३ मा ५३ हजार ३ सय ६९ जनालाई ४८ करोड ५४ लाख ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

ज्येष्ठ नागरिक २८ हजार ३ सयलाई ३१ करोड ७४ लाख ३८ हजार रुपैयाँ, ज्येष्ठ नागरिक (दलित) १ हजार ७ सय ७२ लाई १ करोड ५ लाख ६ हजार रुपैयाँ, विधवा १४ हजार ४५ जनालाई ८ करोड ४० लाख रुपैयाँ, पूर्ण अपांगता भएका ९ सय ६४ जनालाई १ करोड १४ लाख १२ हजार रुपैयाँ र आंशिक अपांग ८० जनालाई ४ लाख १२ हजार रुपैयाँ वितरण गरेको छ ।

यसैगरी अतिअशक्त ४ सय २५ जनालाई २६ लाख ५६ हजार रुपैयाँ, लोपोन्मुख आदिवासी÷जनजाति २ हजार २ सय १४ जनालाई ५ करोड ३८ लाख ८० हजार रुपैयाँ र ५ वर्षमुनिका दलित बालबालिका १ हजार ५ सय १० जनालाई ५१ लाख ३७ हजार रुपैयाँ भत्ता वितरण गरेको कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट