साटाको अध्यक्षमा थापा

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

सिद्धार्थ एसोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट (साटा) को आइतबार सम्पन्न आठौँ अधिवेशन तथा १७ औँ साधारणसभाबाट चन्द्र थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।

निर्वाचन समिति सदस्य उमेश थापा मगरका अनुसार साटाको वरिष्ठ उपाध्यक्षमा सुन्दरबहादुर क्षेत्री, उपाध्यक्षद्वयमा गोविन्द सिंह र दिनेश मल्ल, महासचिवमा मुकेश श्रेष्ठ, सचिवमा उमाशङ्कर मिश्र, कोषाध्यक्षमा अन्जन श्रेष्ठ र सहकोषाध्यक्षमा अङ्कित जयसवाल चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा केशव अधिकारी, ज्ञानुमाया पोखरेल र सुजित श्रीवास्तव निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष थापाले सबैलाई मिलाएर पर्यटन व्यवसायीको लागि काम गर्ने बताउनुभयो । रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट