व्यापार/व्यवसाय
प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार गोरखा, १० मंसिर । बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम ५ लाखदेखि अधिकतम ८ लाख रुपैयाँसम्म मुआब्जा दिने निर्णय भएको हो । गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने भएको छ । जिल्ला […]


प्रकाशित मिति: ९ मंसिर २०७३, बिहीबार

गौशाला, ९ मङ्सिर ।  आज महोत्तरीको जलेश्वरमा ‘औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने मूल नाराका साथ प्रथम उद्योग दिवस, २०७३ मनाइएको छ । सो अबसरमा घरेलु तथा साना उद्योग कार्यालय महोत्तरी र जिल्लास्थित लघु उद्यमी समूह÷सङ्घको संयुक्त आयोजनामा आज बिहान जलेश्वरमा व्यवसायी र उद्यमीले बृहत ¥याली निकालेका छन् । ‘उद्योग गरौँ, रोजगार बनौँ’, ‘आम्दानी […]


प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलवार

कात्तिक, ३० काठमाडौं ।  ५०० र १००० दरका नोटमा भारत सरकारले प्रतिबन्ध लगाएसँगै नेपालको कृषिजन्य वस्तु निर्यातमा पनि भारी गिरावट आएको छ । नेपालबाट चिया, अलैँची, अदुवा लगायतका कृषि उत्पादन ठूलो परिमाणमा भारत निर्यात हुँदै आएको थियो ।  कृषिजन्य उत्पादनमध्ये नेपालबाट धेरै निर्यात हुने भनेको अलैँची हो । नेपालले बार्षिक करीव ५ हजार मेटि्रकटन अलैँची निर्यात […]


प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

कात्तिक, २४ काठमाडौं । भारतमा ५०० र १००० दरका पुराना भारतीय नोट  नचल्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयको असर नेपालमा पनि परेको छ । नेपाल राष्ट्र बैंकको बुधबार बिहान बसेको बैठकले तत्कालका लागि ५०० र १००० दरका भारतीय नोट नसाट्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरेको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापनले आज दिउँसोसम्ममा भारतीय रिजर्भ बैंकका […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

पोखरा, २३ कात्तिक । पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था पोखराले आज आर्थिक सहयोग गरेको छ । सहकारीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सहकारीले एकेडेमीलाई रु २५ हजार तथा जिन्सी सामान सहयोग गरेको सहकारीका अध्यक्ष विष्णु तामाङले जानकारी दिए। एकेडेमीमा हाल १६ जिल्लाका २८ विपन्न वर्गका बालबालिकाको शिक्षादीक्षा र पालनपोषण भइरहेको […]


प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार धनगढी, २० कात्तिक । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाट्टा सुदूरपश्चिम संघलगायत संघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो । अभियानको समर्थन गर्दै शुक्रवार यहाँ आयोजित […]


प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

म्याग्दी, ११ कात्तिक । महावीर पुन सूचना प्रविधिका अभियन्ताको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्रलाई अफगानिस्तानमा रहेका म्याग्देलीबासीले रु चार लाखभन्दा बढी आर्थिक सहयोग जुटाएका छन् । हिस्तान–८ औला घर भई हाल अफगानिस्तानमा कार्यरत खमबहादुर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत रु चार लाख दुई हजार ८० सहयोग गरेका हुन । पुनले अफगानिस्तानमा सङ्कलन गरेको रकम […]


प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

काठमाडौँ, ११ कात्तिक । काठमाडौंको मुख्य व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र काकीँका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले अध्ययनको काम गरिरहेका छन् । ती तीन समूहले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा उपयुक्त छनोट […]


प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

– केदार ह्युमेन पोखरा ।  नेपालीहरु आफ्नो देशमा श्रमदान गर्न ज्यानै दिन परेको महशुस गर्छन् तर विदेशीहरु नेपालीका लागि श्रमदान गर्न थालेका उत्साहित हुन थालेका छन् । विभिन्न देशहरुबाट नेपाल घुम्न आएका विदेशी पर्यटकहरु नेपालमा भ्रमण गर्दै श्रमदान गर्न उत्साहित हुन थालेका विभिन्न उदाहरणहरु देख्न थालिएको छ । पोखराको लेकसाईडस्थित दरबार स्क्वायरमा कार्तिक १० गते […]


प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

केदार ह्युमेन, रिपोर्टर नेपाल पोखरा÷पोखराका पर्यटकीय स्थलहरु सुधार तथा समय सापेक्षित व्यवस्थापन गर्न अवलोकनकर्ताहरुबाट प्रवेश लिएर त्यसको सदुयोग नगरेको गुनासो आगन्तुकहरुले गर्न थालेका छन् । पोखराको प्रसिद्ध पर्यटकीय स्थल महेन्द्र गुफा प्रवेश गर्न त्यहाँ आउने अवलोकनकर्ताहरुबाट उठाइएको प्रवेश शुल्क लिएर पनि गुफा परिसरमा छरप्रस्ट फोहोरहरु देखिएपछि त्यस्तो गुनासो आउन थालेको हो । नेपालमा विदेशी पर्यटक […]


प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

भीमदत्तनगर, १० कात्तिक । कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा ‘बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि  प्रथम बाघ महोत्सव–२०७३ सुरु भएको छ । बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे । महोत्सव आयोजनाले स्थानीयस्तरमा […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

भक्तपुर, ९ कात्तिक । भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई दोस्रो महान् चाड तिहार नजिकिएपछि  यतिखेर भ्याइनभ्याई छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरालगायतको माग बढ्ने र अरु बेलामा माटोको भाँडाको […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाडौँ, ९ कात्तिक । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेटी कर्णालीमा स्थल यातायातको विस्तार र भौतिक पूर्वाधार जुटाउन ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षणमा कर्णाली भेगका जनताको कठिनाइलाई मध्यनजर गरी खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा अनुदान दिनुपर्ने, राष्ट्रिय राजमार्गलाई शान्ति क्षेत्र घोषित गरी व्यवधानरहित आवागमनमा नागरिकको अधिकारलाई सुनिश्चित […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

भोजपुर, ९ कात्तिक । भोजपुरबाट विराटनगर र काठमाडौँ जानका लागि हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ । भोजपुरदेखि  काठमाडौँ र विराटनगर जाने यात्रुको चाप बढेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए । टिकटका लागि अहिले नेपाल वायु सेवा निगमको कार्यालय अगाडिको भित्तासमेत नामावलीले भरिएको छ । निगमको कार्यालयको भित्तामा आगामी कात्तिक […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

म्याग्दी, ९ कात्तिक । व्यवस्थापिका–संसद्, महिला उद्यमशीलता विकास उपसमितिका संयोजक छाया शर्माको नेतृत्वमा पाँच सांसद र उद्योग मन्त्रालयका अधिकारीको टोलीले महिला उद्यमीले सञ्चालन गरेको उद्योगको अध्ययन गरेको छ । टोलीमा सांसद कान्ता भट्टराई, अनारकली मिया, मीना चौधरी र राज्यलक्ष्मी श्रेष्ठ, मन्त्रालयका सहसचिव सुदर्शन सापकोटा, संसद् सचिवालयका सुदर्शन खड्का, लघुउद्यम विकास कार्यक्रमका प्रमुख सल्लाहकार डा लक्ष्मण […]



 

 

 

 

 

 

 


ताजा अपडेट