भोजपुरमा हवाई उडानमा यात्रुको चाप बढ्दो

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

भोजपुर, ९ कात्तिक । भोजपुरबाट विराटनगर र काठमाडौँ जानका लागि हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ ।

भोजपुरदेखि  काठमाडौँ र विराटनगर जाने यात्रुको चाप बढेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए ।

टिकटका लागि अहिले नेपाल वायु सेवा निगमको कार्यालय अगाडिको भित्तासमेत नामावलीले भरिएको छ । निगमको कार्यालयको भित्तामा आगामी कात्तिक २७ गतेसम्मका लागि टिकटको नामावली टाँस गरिएको छ ।

भोजपुर विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले सोमबार, मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँमा चारवटा र सोमबार, मङ्गलबार, बिहीबार विराटनगरका लागि तीन उडान भर्दै आएकोे प्रमुख पुरीले बताए ।

यता निजी उडान गर्दे आइरहेको तारा एयरलाइन्सको जहाजले भने बिहीबार काठमाडौँ भोजपुरमा एक उडान गदैँ आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट