पर्यटकीय स्थलप्रवेश शुल्क दुरुपयोग भएको प्रति स्थानीय बासिन्दाको विरोध

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

केदार ह्युमेन, रिपोर्टर नेपाल

पोखरा÷पोखराका पर्यटकीय स्थलहरु सुधार तथा समय सापेक्षित व्यवस्थापन गर्न अवलोकनकर्ताहरुबाट प्रवेश लिएर त्यसको सदुयोग नगरेको गुनासो आगन्तुकहरुले गर्न थालेका छन् । पोखराको प्रसिद्ध पर्यटकीय स्थल महेन्द्र गुफा प्रवेश गर्न त्यहाँ आउने अवलोकनकर्ताहरुबाट उठाइएको प्रवेश शुल्क लिएर पनि गुफा परिसरमा छरप्रस्ट फोहोरहरु देखिएपछि त्यस्तो गुनासो आउन थालेको हो ।

नेपालमा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर सम्बन्धित निकायहरुले विभिन्न अभियान सञ्चालन गरे पनि पर्यटकीय स्थलहरु सुधारका गतिविधिहरु नथालिएकोमा स्थानीय बासिन्दाहरुले समेत विरोध गर्न थालेका छन् । महेन्द्र गुफा प्रवेशका लागि नेपाली अवलोकनहरुबाट प्रतिव्यक्ति ३० रुपैया र विदेशी पर्यटकहरुबाट प्रतिब्यक्ति १ सय रुपैया प्रवेश शुल्क लिईदै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट