भारु नोट प्रतिबन्धसँगै नेपालको कृषिजन्य वस्तु निर्यातमा गिरावट

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलवार

कात्तिक, ३० काठमाडौं ।  ५०० र १००० दरका नोटमा भारत सरकारले प्रतिबन्ध लगाएसँगै नेपालको कृषिजन्य वस्तु निर्यातमा पनि भारी गिरावट आएको छ ।

नेपालबाट चिया, अलैँची, अदुवा लगायतका कृषि उत्पादन ठूलो परिमाणमा भारत निर्यात हुँदै आएको थियो ।  कृषिजन्य उत्पादनमध्ये नेपालबाट धेरै निर्यात हुने भनेको अलैँची हो । नेपालले बार्षिक करीव ५ हजार मेटि्रकटन अलैँची निर्यात गर्छ ।

भारु नोटमा लागेको प्रतिबन्धसँगै निर्यात १० प्रतिशतमा सीमित भएको व्यापारीहरुले बताएका छन् । नेपाली उत्पादन खरिद गर्न भारतीय व्यपारीले पैसा जोहो गर्न नसकेका कारण नेपालबाट यस्ता वस्तुको निर्यात प्रायः ठप्प बनेको नेपाली व्यवसायीको भनाइ छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट