अफगानिस्तानमा रहेका म्याग्देलीबासीले गरे आविष्कार केन्द्रलाई सहयोग

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

म्याग्दी, ११ कात्तिक । महावीर पुन सूचना प्रविधिका अभियन्ताको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्रलाई अफगानिस्तानमा रहेका म्याग्देलीबासीले रु चार लाखभन्दा बढी आर्थिक सहयोग जुटाएका छन् ।

हिस्तान–८ औला घर भई हाल अफगानिस्तानमा कार्यरत खमबहादुर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत रु चार लाख दुई हजार ८० सहयोग गरेका हुन । पुनले अफगानिस्तानमा सङ्कलन गरेको रकम हालै महावीर पुनलाई हस्तान्तरण गरे ।

आदर्श मावि रिमाका प्रअ कुमार गर्बुजा र टिकोट माविका शिक्षक टेक पुनको रोहवरमा उनले रकम हस्तान्तरण गरेका हुन । सो अवसरमा प्रअ गर्बुजाले दश हजार र शिक्षक पुनले पाँच हजार व्यक्तिगत रूपमा राष्ट्रिय आविष्कार केन्द्रका लागि महावीर पुनलाई उपलब्ध गराए ।

विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरणलगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि पुनको नेतृत्वमा जनस्तरबाट आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट