उराई भञ्ज्याङ नाका खोल्न माग

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार

धनगढी, २० कात्तिक । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ ।

नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाट्टा सुदूरपश्चिम संघलगायत संघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो । अभियानको समर्थन गर्दै शुक्रवार यहाँ आयोजित कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसद प्रेम आलेमगरलगायतले हस्ताक्षर गरे ।

बझाङ जिल्लाबाट थालिएको यो अभियानले सरकारलाई ज्ञापनपत्रसमेत बुझाउने नेपाल पर्वतारोहण संघ सैपाल हिमाल बझाङ शाखाका अध्यक्ष कटकबहादुर कठायतले बताए ।

हिन्दुहरुको आस्थाको केन्द्र तिब्बतको मानसरोवर पुग्न सबैभन्दा छोटो दुरी बझाङको उराई भञ्ज्याङ नाका हुन सक्ने भएकोले यो नाका खोल्नु जरुरी रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

दिल्लीबाट धनगढी, डोटी, बझाङ, उराई, ताक्लाकोट हुँदै मानसरोवरसम्म मार्ग खोल्न सके सुदूरपश्चिमको समृद्धि मार्ग बन्न सक्ने पर्यटन व्यवसायीहरुको भनाई छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट