व्यापार/व्यवसाय
प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

काठमाडौँ, २१ असोज । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते उक्त सेवा सञ्चालन आरम्भ […]


प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

रसुवा, १९ असोज । उत्तरी नाका रसुवागढीबाट रातको समयमा मात्र मालवाहक सवारीसाधन केरुङ जान पाउने भएका छन् । रसुवागढी मितेरी पुलदेखि चिनियाँ भूभागको केरुङसम्म बिग्रेका सडक मर्मत एवम् पुनःनिर्माणको कार्य भइरहेका कारण सडक सुधार कार्य सहज बनाउन दिनको समयमा काम गराउने तथा रातको समयमा व्यावसायिक सामान बोक्ने ट्रक कन्टेनर छोडिने व्यवस्था मिलाइएको जानकारी चिनियाँ पक्षबाट […]


प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

काठमाडौँ, १९ असोज । थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा बिहानैदेखि  दसैँका लागि नयाँ नोट साट्नेको भीड लागेको छ । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै लामो लाईन  लागेको छ । बैंकका नोट व्यवस्थापन विभाग प्रमुख भुवन कँडेलले पैसा साट्न चाहने सर्वसाधारण तथा सेवाग्राहीको मागअनुसार सटही […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

पोखरा, १८ असोज । दसैँका अवसरमा पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा आजदेखि सस्तो व्यापार मेला आयोजना गरिएको कम्प्लेक्सका सञ्चालक माधव बास्तोलाले जानकारी दिए । गुणस्तरीय सामान सस्तोमा उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताइएको छ । एकै ठाउँबाट उपभोक्तालाई नुनदेखि सुनसम्मका उपभोग्य वस्तु उपलब्ध गराउने सञ्चालक वास्तोला बताउछन् । मेला अवधिभर दैनिक रु ५० लाखभन्दा बढीको […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

भोजपुर, १८ असोज । नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको  छ । सेवाग्राहीलाई तत्काल सेवा दिने र कसैलाई पनि रित्तो हात नफर्काउने उद्देश्यले आफूहरूले काम गरिरहेको बैंकका कर्मचारी रवीन श्रेष्ठको भनाइ छ । “सेवाग्राहीको चाप बढेका कारण हामी कर्मचारीलाई भ्याइनभ्याइ […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

दाङ, १८ असोज । दसैँका लागि नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले २०० खसी तथा बोका काठमाडौँ पठाएको छ । कार्यालय प्रमुख शेखर पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानबाट खसी तथा बोका खरिदका लागि कार्यालयले खरिद केन्द्र स्थापना गरेको थियो । जिउँदो खसी २५ किलोभन्दा माथिको प्रतिकिलो रु ३७५, २० देखि २५ किलोसम्मको खसीलाई प्रतिकिलो रु ३६० […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

पोखरा । पोखरा जगदम्बा ट्राभल्सले शनिबारदेखि अत्याधुनिक सुविधायुक्त अति विशिष्ट भिआइपी बस सेवा सुरु गरेको छ । ट्राभल्सले ‘मिनीबार, शौचालय, वास बेसिनसहितको बस सेवा शनिबारदेखि काठमाडौं–पोखरा रुटमा सञ्चालन सुरु गरेको हो । पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत उक्त बस सञ्चालन भएको सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए । उनले अहिले २ वटा बसबाट सेवा सुरु गरेको […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

काठमाडौं । पछिल्ला वर्षहरूमा वानप्लस विश्वव्यापीरूपमा चर्चित ब्रान्ड बन्न सफल भएको छ । कम्पनीले ल्याउने विशेष उत्पादनहरू युनिक विशेषताहरू तथा आकर्षक डिजाइनकासाथ २०१६को उत्कृष्ट स्मार्टफोन बन्न सफल भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार वानप्लस संभवतः उत्कृष्ट सफल कथाहरूका साथमा पछिल्ला वर्षहरूमा आएको छ र यो मोबाइलको क्षेत्रमा संभवतः सबैभन्दा धेरै हेरिने ब्रान्डमा पर्दछ । […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

काठमाडौं । दसैँको शुभ अवसर पारेर बत्सल इम्पेक्स प्रालिले चिनियाँ कम्पनीकोे रेडमी नोट–४ मोबाइल नेपाली बजारमा ल्याएको छ । दसैँ अफरको योजना सँगसँगै बजारमा भित्राइएको नोट–४ मा ५.५ इन्चको स्क्रिन, हेलिवक्स २० डेकाकोर २.१ गिगाहर्ज, ३ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको सेल्फी, ४१०० एमएएच ब्याटरीका साथै फिंगर प्रिन्ट […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

ललितपुर । नेपालीहरूको महानपर्व वडादसैं तथा तिहारलाई लक्षितगरी गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीले सञ्चालनमा ल्याएको ‘दसैँ–तिहार महोत्सव’ मा दर्शकको घुँइचो देखिएको छ । पर्वका अवसरमा नयाँ डिजाइनका गरगहनाहरू एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सुरुकै दिनदेखि दर्शकको औरिएका हुन् । गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीका अध्यक्ष ज्ञानुराज शाक्यले दसैँ र तिहारको […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

काठमाडौं । यसवर्ष नेपालमा ३ अर्ब ३ करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भँैसी, खसीबोका र बाख्रा आयात भएको छ । भन्सार विभागले (आव ०७२÷७३) मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्यांक पुस्तकमा विश्वका २ देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ । भारतबाट राँगा र भैँसी २ लाख […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

मुस्ताङ, १३ असोज ।  मुक्तिनाथ विकास समितिले हालै सार्वजनिक गरेको वार्षिक आयव्यय रसिदमा सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको देखिएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । त्यस्तै, सुन बिक्रीबाट रु १२ लाख सात हजार र बैंक ब्याजबाट […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

भीमदत्तनगर, १३ असोज । विगत एक वर्षभन्दा बढी समयदेखि कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीका भरमा चलेको छ । मासिक रु ६० देखि ७० हजार राजस्व सङ्कलन हुने गरेको उक्त छोटी भन्सार हाल कार्यालय सहयोगी पदमबहादुर थापाले सञ्चालन गरिरहेका छन् । “एक महिनामा दुई जना कार्यालय सहयोगीबाट १५÷१५ दिन भन्सार चलाउँछौँ ,मैले हाकिम […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्नका लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । उक्त कार्यका लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्याम कान्त चौधरी तथा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सँचालक विजयलाल श्रेष्ठले सम्झौता पत्रमा […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । सन्राइज बैंक लिमिटेडले नेपाल बाल संगठनमा रहेका १ सय ४० जना बालबालिकाहरूलाई न्यानो कपडाका साथै खाद्य सामग्रीहरू वितरण गरी नवौँ वार्षिकोत्सव मनाएको छ । बाल संगठनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक ई.बच्छराज तातेड, सञ्चालक ज्योतिकुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य एवं कर्मचारीहरूले ती सामग्रीहरूको वितरण गरेका थिए । कार्यक्रममा […]



 

 

 

 

 

 

 


ताजा अपडेट